=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


तीनवटै निर्वाचन चुनौतीपूर्ण: प्रधानमन्त्री देउवा

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ सात गतेभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउनु भएको छ । नेपाल विद्यार्थी संघले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा गरेको ‘स्थानीय तह निर्वाचन परिचालनसम्बन्धि अभिमूखिकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन एकतावद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले प्रजातन्त्रको सुदृढीकरणमा अब एकबद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विजयी गराउन युवा÷विद्यार्थीहरुको मुख्य भूमिका महत्वपूर्ण हुने बिचार व्यक्त गर्नुभयो ।

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्