केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नक्कली नोट छापेर बैंकबाट सक्कली नोट लिने व्यक्ति पक्राउ

सहयात्रा टिभी

काठमाडौं । प्रहरीले रूपन्देहीको बुटवलबाट नक्कली नोट छाप्ने एक युवकलाइ पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका ती युवकबाट नक्कली नोट तयार गर्न प्रयोग हुने सामानसमेत बरामद गरेको छ । अपाङ्ग तथा असहायलाई सहयोग गर्ने उद्देश्यसहित स्थापना गरिएको अर्फन हेल्पिङ हेन्ड (असहायका लागि सहयोगी हातहरु) नामको गैरसरकारी संस्थाको कार्यालयबाट रुपन्देही जिल्ला कञ्चल गाउँपालिका ६ का २१ वर्षीय सन्तोष मल्लले नक्कली नोट तयार गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोटलगायतका सामानसमेत बरामद गरेको छ । अभियुक्त मल्लले प्रभु बैंक शाखा कार्यालय, बुटवलमा खाता खोली बैंकमा पैसा साट्ने क्रममा बैंकका कर्मचारीलाई झुक्याएर बैंकबाट आफूले चेक साटेर प्राप्त गरेको पैसा आफूसँगै लगेको नक्कली नोटसँग साट्ने गरेका थिए । उनले पहिलोपटक बैंकमा जम्मा गर्न लगेको पैसामा एक थान रु एक हजारको नोट समावेश गरेर साटेको र दोस्रोपटक रु एक हजारको १०० थान भित्र १४ थान नक्कली नोट राखेर साट्न सफल भएका थिए ।
पछिल्लोपटक मङ्गलबार बैंकले रु एक हजार दरको ७० थान नक्कली नोट फेला परेको भन्ने प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा उनी पक्राउ परेका हुन ।

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्