केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जर्मन राजदूत काठमाडौंबाट जर्मनीसम्म मोटरमै फर्किदै

सहयात्रा टिभी

काठमाडौं । यो सुन्दा तपाईलाइ अचम्म लाग्ला कि नेपालका लागि जर्मन राजदूत जहाजमा होइन मोटरबाटै स्वदेश फर्किदैछन । आफ्नो कार्यकाल पूरा गरी उनी जहाजमा नभइ मोटरबाट घर फर्किन लागेका हुन । काठमाडौंबाट जर्मन पुग्न उनले झण्डै ११ हजार किलोमिटर यात्रा गर्नुपर्छ ।
राजदूत माथियस मायर यही जेठ २८ गते ज्ञानेश्वरस्थित दूतावासबाट मित्सुबिसी मोटर हाँकेर महाकाली अञ्चलको महेन्द्रनगरको बाटो हुँदै घर फर्किने तयारीमा छन । जेठ २९ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले उनलाई बिदाइ गर्नेछन । उनी भारत–पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्नेछन् ।
करिब आठ साता लामो यात्रामा उनीसंग एकजना मात्र सहयोगी हुनेछन । केही घण्टामै पुगने हवाई यात्राभन्दा स्थलमार्गबाट घर फर्कन लागेकोमा उनी प्रफुल्ल छन । यो केवल आफूले आफनो आनन्दका लागि मात्र गरेको उनी बताउँछन । आफनो निर्णयबाट आफनो देशको सरकार र नेपाल सरकारमात्र होइन यात्रा गर्ने विभिन्न मुलुकका सरकार पनि आश्चर्यचकित भएको उनले बताए ।
विश्वको भूगोल र प्रकृतिलाई नियाल्दै हिँड्न पाउनु आफनो लागि आनन्दको विषय भएको उनी बताउँछन । नेपालको इतिहासमा आजसम्म कुनै पनि राजदूत सेवाअवधि सकेर स्थलमार्गबाट घर फर्केका छैनन् ।

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्