केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के हो प्रजनन अङ्गको संक्रमण ?

सहयात्रा टिभी

डा. खेम कार्की

प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले शरीरमा रोगसंग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको अत्याधिक वृद्धिभई हुने सङ्क्रमणलाई प्रजनन अङ्गको सङ्क्रमण भनिन्छ । यी सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो । भिरिङ्गी, सुजाक आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा एचआईभी पनि सर्न सक्छ ।

यौन सम्पर्क नगर्दा पनि सङ्क्रमण

यौनाङ्ग वरिपरी राम्रोसग सरसफाइ नगर्नु त्यसको प्रमुख कारण हो । महिलाहरूमा रक्त अल्पता भएको छ भन रजस्वला हु“दा प्रयोग गरिने प्याड ९कपडा० र भित्र लगाउने कपडा पनि राम्रोसंग धोई घाममा सुकाएको छैन भने, विभिन्न संक्रमण हुन सक्छ । त्यस्तै, पुरुषहरूको लिङ्गको टुप्पो सफा गरेको छैन भने धेरै पटक एन्टिबायोटिक औषधिको प्रयोग गरिएको छ भने पनि यौन सम्पर्क नभईकन यौन संक्रमण हुनसक्छ ।

के यौन रोगहरू यौनाङ्गहरूको सम्पर्कबाट मात्रै सर्दछ ?
यौनाङ्गहरूको सम्पर्कबाट मात्र सर्ने होइन । गुदद्वार मैथुन, मुख मैथुन, आदिबाट पनि यौन रोगहरू सर्न सक्दछ । कुनैकुनै यौन रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन् । यदि हात सफा छ भने हस्तमैथुनबाट मात्रै यौन रोग सर्दैन ।
कसरी थाहा पाउने सङ्क्रमणका लक्षणहरू ?

  • यौनाङ्ग वरिपरि चिलाउनु,
  • महिलाहरूको तल्लो पेट दुख्नु,
  • यौनाङ्गहरूका वरिपरि मसिना विमिराहरू आउनु र पोल्नु,
  • लिङ्ग तथा योनीबाट असामान्य रूपमा स्राव हुनु ९जस्तै ः पीप, सेतो पानी, गन्हाउने पानी, इत्यादि०
  •  पिसाब गर्दा दुख्नु र पोल्नु,
  • अरु बेलाभन्दा धेरै पटक पिसाब लाग्नु,
  • घाउहरू आउनु वा सुन्निनु,
  • यौन सम्पर्क राख्दा दुख्नु,
  • महिलाहरूमा रजस्वला चक्रको बीचबीच समयमा पनि रगत बग्नु, आदि भएमा यौन रोग लागेको हुनसक्छ ।
    कसरी गर्ने उपचार ?
    यौन सङ्क्रमणको लक्षण देखिनासाथ स्वास्थ्यकर्मीहससंग सरसल्लाह लिइ उपचार गर्नुपर्छ । यसको उपचार कुनै पनि स्वास्थ्य निकायमा पाईन्छ । यौन रोग विशेषज्ञसंग परामर्श गर्न सकेमा झनै राम्रो हुन्छ । उपचार गर्दा पतिपत्नी दुबै वा यौन जोडी अरूपनि छन् भने उनीहरूलाई पनि खोजी खोजी गर्नुपर्छ । किनकि एक जोडीले मात्र उपचार गरेमा यो रोग फेरि पनि सर्न सक्दछ । यौन सङ्क्रमणको उपचार गरिरहं“दा यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ ।

उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र औषधि पूरा समयसम्म गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू जटिलताहरू निम्त्याउँछ ।

के यसबाट बच्ने तरीकाहरू पनि छन् ?
यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाहा हुदैन । हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन भएकोले महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने अभियानमा लाग्नुपर्छ ।
यौन सम्पर्क विश्वासिलो साथीसंग मात्र राख्नु पर्छ । सामान्यतया हाम्रो सामाजिक संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै जना साथीसंग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका छन् ।
सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लि“दा सधै जाँ“च गरिएको रगत मात्र लिनुपर्दछ ।
एक जनाभन्दा बढी व्यक्तिसंग यौन सम्पर्क हुन्छ भने कन्डमको सही तरीकाले प्रयोग गर्नुपर्दछ र महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ ।

साभार:हेल्थ टुडे 

 

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्