केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलिउडकी स्टार नायिक प्रियंका हलिउडमा पनि सफल

सहयात्रा टिभी

एजेन्सी । आफनो सुन्दरता र अभिनयले बलिउडमा तहल्का मच्चाइरहेकी भारतीय अभिनेतृ प्रियंका चोपडा हलिउडमा पनि जम्न थालेकी छन । उनलाइ हलिउड यात्रा निकै फापिरहेको छ । क्वान्टीको सिरियल खेल्दै पिपुल्स च्वाइस अवार्ड र दर्शकहरुको वाहीवाही पाएकी प्रियंकाको हलिउड फिल्म ‘वे वाच’ यतिबेला प्रदर्शनमा छ । 

फिल्म निकै राम्रोसंग चलिरहेको छ । हलिउडमा यसको ब्यापार निकै उत्साहजनक भएपनि भारतमा भने यसको प्रदर्शन नै सुरु हुन सकेको छैन । वन्डर वुमेनका कारण यसको रिलिज केही पर धकेलिएको भारतीय संचार माध्यमले जनाएका छन । 

‘वे वाच’ पछि प्रियंकाले जोस वेडनको नयाँ फिल्म ‘ब्याट गर्ल’ मा चासो राखेको बताइएको छ । उनले त्यस फिल्मा काम गर्ने आफनो इच्छा व्यक्त गरिसकेकी छिन । सो फिल्ममा खेल्नका लागि आफनो नाम पनि उनले पठाइसकेको बलिउडमा चर्चा छाएको छ ।

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्