केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्रिटेनमा कन्जरभेटिभ पार्टीले पकड गुमाउने संकेत

सहयात्रा टिभी

बिबिसि । ब्रिटेनमा भएको आम चुनावपछि सत्तारुढ कन्जरभेटिभ पार्टिले संसदमा ठूलै दल रहेपनि उस्ले आफ्नो पकड गुमाउन सक्ने एक मत सर्वेक्षणले संकेत गरेको छ।  तर कुनै दलको पनि बहुमत नपुग्ने त्रिशंकु संसद बन्ने भविष्यवाणी गरेको मत सर्वेक्षणका परिणामप्रति आशंकाहरु व्यक्त भइरहेका छन्। मत सर्वेक्षणको परिणाम साँचो हुन गए त्यो प्रधानमन्त्री टरिजा मेको लागि खिन्न हुने परिस्थिति हुनेछ। कन्जरभेटीभ पार्टीले आफ्ना १७ वटा सीट गुमाएपनि उ सबै भन्दा ठूलो दल चाहिँ रहने सो सर्वेक्षणले देखाएको छ।  प्रमुख प्रतिपक्षी लेबर पार्टीले थप ३४ जना सांसद पाउने संकेत देखिएको बताइएको छ। अधिकांस सांसद पदमा को विजयी हुन्छ भनेर यकिन गर्न नसकिने सर्वेक्षणमा भनिएपनि ब्रिटेनका राजनीतिक दलहरुले मत सर्वेक्षणका परिणामप्रति आशंका व्यक्त गरेका छन्। कन्जरभेटिभ पार्टीका एक वरिष्ठ नेता केन क्लार्कले भने, “मेरो अनुमान के छ भने कन्जरभेटीभ पार्टीले सानो बहुमत ल्याउनेछ। तपाईंको मत सर्वेक्षण निकै जटिल छ त्यो गलत पनि हुन सक्छ।” समय अगावै गरिएको चुनावमा सन् २०१५ मा जति नै मतदाताहरु सहभागी भएको र अझ युवा मतदाताहरुको सहभागिता उल्लेख्य रुपमा बढेको देखिएको छ। ब्रिटेनले युरोपेलीसंघ ईयु छोड्ने प्रक्रिया शुरु हुनुअगावै आफ्नो सरकारको बहुमतलाई थप बल पुर्याउने अपेक्षा सहित प्रधानमन्त्री टरिजा मेले तोकिएको समयभन्दा तीन वर्ष अगावै चुनावको आह्वान गरेकी थिइन्। मत सर्वेक्षणको अनुमान सार्वजनिक भएलगत्तै ब्रिटेनको वित्त बजारमा थोरै हलचल देखिएको छ। ब्रिटेको मुद्दा पाउण्डको मूल्य अमेरिकी डलरको तुलनामा डेढ प्रतिशतले झरेको बताइएको छ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्