केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललितपुरमा धमाधम जेब्रा क्रसिङ बन्दै

सहयात्रा टिभी

ललितपुर । सरकारले जेब्रा क्रसिङ बाहेक अन्य स्थानबाट बाटो काटने पैदल यात्रुलाइ कारवाही थालेपछि यथेष्ट जेब्रा क्रसिङ नै नबनाइ नियम लागु गरेको भन्दै ट्राफिक प्रहरीको आलोचना भएको थियो । सर्वसाधारणको यही गुनासोलाइ मध्यनजर गर्दै ललितपुर ट्राफिक महाशाखाले जिल्लाका बिभिन्न स्थानमा जेब्रा क्रसको चिन्ह राख्न थालेको छ । जेब्राक्रसिङ नै नभए कारवाही प्रक्रिया केका आधारमा गर्ने भन्ने नैतिक प्रश्न खडा भएपछि जेब्रा क्रसिङ थप्न थालिएको हो । अहिले केही स्थानमा त नयाँ धमाधम जेब्राक्रसिङ निर्माण भैसकेको छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्