आन्दोलन चर्किएपछि दार्जिलिङमा सेना तैनाथ

सहयात्रा टिभी

एजेन्सी । दार्जिलिङमा नेपाली भाषीको आन्दोलन चर्किएपछि सेना तैनाथ गरिएको छ । पश्चिम बंगाल राज्य सरकारले सेना तैनाथ गरेको हो । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीवीचको झडप नियन्त्रण बाहिर जाने थालेपछि सेना परिचालनको तयारी गरिएको हो । प्रदर्शनकारीले हिजो चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातमा तोडफोड तथा आगजनी गरेका थिए । सबै विद्यालयमा बंगाल भाषामा पठनपाठन गर्ने राज्य सरकारको निर्णयको बिरोधमा नेपाली भाषीले आन्दोलन गरेका हुन् । मोर्चाले नेपाली भाषालाइ समाप्त पार्न खोजेको भन्दै आपत्ती जनाएको छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्