केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेदवारको विषयले कांग्रेसमा बबाल, इटहरीमा विवाद उग्र

सहयात्रा टिभी

इटहरी । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनको गृहकार्यमा रहेको कांग्रेस भित्र विवाद झनझन बढ्दै गएको छ । कार्य सम्पादन समितिले केही दिनमै सबै प्रदेशको उम्मेदवारी चयन गरिसक्ने गृहकार्य गरिरहेकाबेला इटहरीमा भने विवाद सडकमै पोखिएको छ । इटहरी उपमहानगरपालिकामा मेयर पदको टिकटको बिषयमा विवाद उग्र भएको छ । केन्द्रबाट इटहरीको मेयर पदको लागी रोहित प्रसाईलाई टिकट दिने निर्णय भएपछि त्यसको तीव्र बिरोध भएको छ । निस्क्रिय सदस्य रोहित प्रसाईलाई टिकट दिएको भन्दै हेमकर्ण पौडेल समर्थक कार्यकर्ताहरुले सडक तताएका हुन । पौडेल माथि अन्याय गरेको उनीहरुको आरोप छ । उनीहरुले पार्टीबाट राजिनामा दिनेसम्मको धम्की दिएका छन् । मेयरमा जित्ने उम्मेद्वारलाई पार्टीले टिकट नदिई नजित्ने उम्मेद्वारलाई टिकट दिएको उनीहरुको गुनासो छ । पार्टी कार्यकर्ताहरुले पौडेललाई पूर्ण समर्थन गर्दै इटहरी बजारमा नाराबाजीसहित र्याली निकालेका छन ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्