केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनसेलले १३ अर्ब तिरेपछि अर्थ मन्त्रालयले राजश्व असुलीको लक्ष्य बढायो

सहयात्रा टिभी

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब ९० करोड राजश्व बुझाएछि अर्थ मन्त्रालयले राजश्व असुलीको नयाँ लक्ष्य निर्धारण गरेको छ । गत आइतबार एनसेल प्रालिले १३ अर्ब ६० करोड रुपैयाँ लाभकर तिरेपछि राजस्व संकलन एकैपटक बढेपछि मन्त्रालयले नयाँ लक्ष्य निर्धारण गरेको हो ।

यो पछि चालू आर्थिक वर्षमा सरकारले लक्ष्यभन्दा ३० अर्ब रुपैयाँ बढी राजस्व संकलन गर्ने देखिएको छ । ५ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा आर्थिक बर्षको अन्त्यसम्ममा यो लक्ष्य बढेर ५ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने भएको हो । लक्ष्यभन्दा धेरै राजस्व उठ्ने देखिएपछि आगामी आव ०७४ र ०७५ मा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले चालू आवको अर्धवार्षिक समीक्षामा राजस्व लक्ष्यभन्दा ५ खर्ब ८० अर्ब रुपैयाँ संकलन हुने अनुमान गरेको थियो । मन्त्रालयले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेकाले व्यापारघाटा न्यूनीकरणमा ध्यान दिइरहेको जनाएको छ । सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यसहित १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्