चुनाव लगत्तै संविधान संशोधन: प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन लगत्तै संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । शुक्रबारको व्यवस्थापिका संसदको बैठकलाईसम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजपा नेपाल लगायत बिभिन्न दलका माग निर्वाचनपछि सम्बोधन गर्न आफू तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले सांसदहरुले संविधान संशोधन, मधेस आन्दोलन, निर्वाचन लगयतका विषयमा आफनो ध्यानाकर्षण गराएको धन्यवाद दिनुभयो । उहाँले सम्भव हुनेजति विषय तत्काल कार्यन्वयनमा लैजाने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले चुनाव सकिएलगत्तै प्रतिपक्षसँग सल्लाह गरेर मधेसका माग पूरा गराउन आफना लाग्ने भएकाले दोस्रो चरणको निर्वाचनमा सहभागी हुन राजपालाइ आग्रह गर्नुभयो । यस्तै, स्थानीय तहबारे सर्वोच्चले अन्तरिम आदेश दिएका कारण संख्या थप्न तत्काल सम्भव नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्