केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जापानमा सम्राटले पद त्याग गर्न पाउने बिधेयक पारित

सहयात्रा टिभी

बिबिसि । जापानको संसदले सम्राटले पद त्याग गर्न पाउने गरी विधेयक पारित गरेको छ । योसँगै जापानको इतिहासमै २ सय बर्षपछि सम्राट अकिहितोले पदत्याग गर्न पाउनुहुनेछ । सम्राट अकिहितोले ईच्छा जाहेर गरेपछि संसदमा सो विधेयक प्रस्तुत गरिएको थियो । ८३ वर्षिय सम्राटले उमेर र स्वास्थ्यका कारण दैनिक जिम्मेवारी निर्वाह गर्न समेत मुस्किल पर्दै गएको भन्दै पदत्याग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

नयाँ विधेयक पारित भएसँगै त्यहाँको सरकारले सन् २०१८ को अन्त्यतिर राजा अकिहितोले पद त्याग गर्ने गरी तयारी थालेको बीबीसीले उल्लेख गरेको छ । पदबाट बाहिरिनुअघि सम्राट अकिहितोले युवराज नारुहितोलाई सिंहासन हस्तान्तरण गर्नुहुनेछ । पिता हिरोहितोको सन् १९८९ मा निधन भएयता पद सम्हाल्नुभएका अकिहितोलाई मुटु सम्बन्धि रोगका साथै प्रोस्टेट क्यान्सर समेत रहेको छ ।  

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्