केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायतमा कसैको बहुमत नआएपछि गठवन्धन सरकार

सहयात्रा टिभी

बिबिसि । बेलायतमा सम्पन्न संसदीय निर्वाचनमा कसेको पनि बहुमत नआएपछि गठबन्धन सरकार बन्ने भएको छ । वर्तमान प्रधानमन्त्री टेरेजा मेको कन्जरभेटिभ पार्टी ३१८ सिट जितेर सबैभन्दा ठूलो पार्टी भएपनि बहुमत ल्याउन सकेन । ६५० सांसद संख्या रहेको बेलायती संसदमा बहुमत हुन ३२६ सिट आवश्यक पर्छ । प्रतिपक्षी लेबर पार्टीले २६१ सिट जित्न सफल भएको छ । बेलायतको तेस्रो ठूलो दल स्कटिस नेशनल पार्टीले ३५ सिट तथा लिबरल डेमोक्रेटिक पार्टीले १२ सिट जितेको छ । सन् २०१५ को निर्वाचन भन्दा कन्जरभेटिभले यसपटक १२ सिट कम ल्याएको छ भने लेबरले २९ सिट बढी ल्यायो ।

आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि ब्रेक्जिट प्रक्रियाका लागि अरु बलियो जनमत आवश्यक हुने बताउँदै प्रधानमन्त्री मेले समयभन्दा तीन वर्ष अगाडि नै मध्यावधि निर्वाचन गरेकी हुन । कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने आंकलन थियो ।

प्रधानमन्त्री मेले उत्तरी आयरल्याण्डमा रहेको डेमोक्रेटिक युनिअनिस्ट पार्टी (डियूपी) सँग सहकार्य गरि सरकार बनाउने बताएकी छन् । डियूपीले जम्मा दशसिट मात्र जितेको छ । विपक्षी लेबर नेता कोर्बिनले बर्तमान सरकारको नैतिक हार भएकाले दोश्रो ठूलो पार्टीलाई अल्पमतको सरकार बनाउन दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्