केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतार प्रकरणमा अमेरिकी राष्ट्रपति ट्रम्प र बिदेशमन्त्री टिलरसनको मत बाझियो

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले उनकै शब्दमा ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन्। ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए।

उनले भने, “हामीले एउटा निर्णय गर्नैपर्ने भयो। के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश्यक बाटो? आतंकवादलाई सहयोग बन्द हुनै पर्छ।”

उनले सो क्षेत्रका अन्य मुलुकहरुलाई पनि घृणा फैलाउने काम रोक्न, आतंकवादलाई प्रश्रय दिने धारणा बन्द गर्न र ती काम छिट्टो गर्न आह्वान गरेका छन्।

‘नाकाबन्दी खुकुलो पार’

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कतारविरुद्धको नाकाबन्दी खुकुलो पार्न साउदी अरेबिया तथा अन्य खाडी देशलाई आग्रह गरेको केही बेरपछि राष्ट्रपति ट्रम्पको उक्त भनाई आएको हो। नाकाबन्दीका कारण खानेकुराको अभाव हुन थालेको अनि परिवारहरुमाझ विछोड हुन थालेको टिलरसनले बताए।

साथै, पछिल्ला घटनाक्रमका कारण अमेरिकी सेनाको सो क्षेत्रको कारबाही र आइएस विरुद्धको लडाईंमा असर परेको उनले बताए।

 

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्