केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकतामा आउन बैद्य र चन्दलाइ दाहालको आग्रह

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै पार्टी सुदृढीकरणमा केन्द्रीत हुनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोहन बैद्य र नेत्रबिक्रम चन्दलाइ एकता प्रक्रियामा आउन आग्रह गर्नुभएको छ । आफनै निवास लाजिम्पाटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन पनि बैद्य र चन्दको आवश्यकता भएको बताउनु भएको हो । उहाँले अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी नभएकाले तत्काल पार्टीमा फर्कन आग्रह गर्नुभयो ।
दाहालले आफ्नो पार्टी मुलुकको केन्द्र बन्ने अवस्था देखिएको र माओवादी आन्दोलन एकीकृत बन्ने, पुनः सङ्गठित हुने अवस्था तयार भइरहेको दावी गर्नुभयो ।
कार्यक्रममा दाहालले विभिन्न दलबाट माओवादीमा प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्नुभएको थियो ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्