केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रमाइला ओली, भन्छन हामी सत्तापक्ष भैसक्यौं

सहयात्रा टिभी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफनो पार्टी सत्तापक्ष भएको बताउनु भएको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संवैधानिक ब्यवस्थाअनुसार तीन तह मध्ये स्थानीय तहमा जनताले आफुहरुलाई सत्तापक्ष बनाएको बताउनुभयो ।

संघीय र प्रदेशको निर्वाचन हुन बाँकी रहेपनि पहिलो चरणमा पाएको मतले आफूहरु सत्तापक्ष भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचनका कामीकमजोरी सच्याउदै दोस्रो चरणको निर्वाचनमा थप सफलता हात पार्ने दावी गर्नुभयो ।
तीन तहमध्ये स्थानीय तहमा एमाले सत्तापक्ष भएकाले त्यही अनुसार व्यवहार गर्न कांग्रेस र माओवादीलाइ आग्रह गर्नुभयो । उहाँले दुइ नम्बर प्रदेशका जनताले आफनो पार्टी खोजेकाले चुनावमा त्यहाँका अधिकांश स्थानमा जित हासिल गर्ने दावी गर्नुभयो ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्