केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देखावटी बजार अनुगमन र कारवाही

सहयात्रा टिभी

काठमाडौं । कुनै समय थियो बजार अनुगमन भनेपछि ब्यापारीका पनि कान ठाडा हुन्थे र आम उपभोक्तामा पनि केही आशा पलाउँथ्यो । अहिले त ठीक उल्टो अनुगमन भनेपछि उपभोक्तालाइ चिढ्याउने र ब्यापारीले अनुगमन टोलीका सदस्यलाइ पोस्ने भन्ने मात्र बुझिन्छ । अझ सूचना दिएर गरिने अनुगमन कतिको प्रभावकारी होला ? । अर्को नाटक त के भने अनुगमन टोलीले कारवाहीको नाममा साना र खुद्रा ब्यापारीको सातोपुत्लो खान्छ तर ठूला ब्यापारीलाइ छुनसमेत सक्दैन ।
अहिले पनि अनुगमन गरिरहेका सरकारी टोलीले बढी भाडा असुल्दै आएका १ सय १ सवारी साधनलाई कारबाही गरेको छ । टोलीले यात्रु ठग्ने सवारीलाई कारबाही गर्ने अभियान चलाएको छ । दुइ चार दिन अनुगमन गरे जस्तो गर्छन अनि सुस्ताउँछन महत्वपूर्ण चाडवाड नआएसम्म ।
अनुगमन टोलीले १३ रुपैयाँ लिनुपर्ने यात्रुबाट बढी रुपैयाँ लिएको बल्ल थाहा पाएर कारवाही सुरु गरेको छ । यसरी दुइ रुपैयाँ बढी लिएको भन्दै टोलीले जरिवानास्वरूप ५ हजार जरिवाना हुने गरी चिट पनि काटेको छ । तोकिएको भाडा भन्दा बढी लिनेलाइ कारवाही गर्नु उचित हो तर मौसमी अनुगमनबाट यसको नियन्त्रण सम्भव छैन ।
अनुगमनका क्रममा महानगरले सञ्चालन गर्ने महानगर यातायात र साझा यातायातले पनि बढी भाडादर लिने गरेको टोलीको भनाइ छ ।
सरकारले २०७२ मा घटाएको भाडादर लागू हुन सकेको छैन । यातायात विभागले बेलाबेला अनुगमन गरे जस्तो गर्नु नै सबैभन्दा ठूलो कमजोरी हो । अनुगमन सधैं निरन्तर हुनपर्छ । चेतना जगाउनु पर्छ । कार्यान्वयन नीति मौसमी होइन बाह्ै मास लागु गर्नुपर्छ, अनि मात्र सार्थक हुन्छ ।

अनुगमन टोलीले नख्खुस्थित आधुनिक गंगा कोल्ड स्टोरमा सिलबन्दी गरेको छ । यसअघि सुधार गर्न दिएको दिएको निर्देशन पालना नगरेपछि उक्त कोल्ड स्टोर सिलबन्दी गरेको हो । यस्तै, बिभिन्न किराना तथा मासु पसलमा पनि कारवाही अघि बढाइएको टोलीले जनाएको छ ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्