केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोगद्वारा निर्वाचन चिन्ह अंकित सामग्रीको बितरणमा रोक

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिन्ह अंकित कुनैपनि सामग्रीको बितरणमा रोक लगाएको छ । आचारसंहिता विपरित राजनीति दल तथा उम्मेदवारहरुले निर्वाचन चिन्ह अंकित सामग्री वितरण गर्न थालेको भन्दै आयोगले कडाइ गरेको हो । आयोगले किसिमका क्रियाकलाप तत्काल रोक्न सम्वन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता समितिको बैठकले विभिन्न स्थानमा निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोलालगायतका सामग्री मतदातालाई वितरण गरेको जानकारी प्राप्त भएकोले यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्