केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँ राष्ट्रपति जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीबीच आमिर खानको ‘दंगल’को चर्चा

सहयात्रा टिभी

बिबिसि । चिनियाँ राष्ट्रपति सि जिनपिङले आमिर खान अभिनित फिल्म ‘दंगल’ हेरेका छन् । कजाकिस्तानको राजधानी अस्तानामा आयोजित संघाई सहयोग संगठनको बैठकमा पुगेका सिले सो कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग शेयर गरेका हुन ।

भेटघाटका क्रममा राष्ट्रपति सि जिनपिङले प्रधानमन्त्री मोदीलाई चीनमा चलचित्र दंगल निकै लोकप्रिय भइरहेको र आफैले सो चलचित्र हेरेको बताए । राष्ट्रपति सि जिनपिङले दंगलले चीनमा निकै राम्रो व्यापार गरिरहेको र उनलाई समेत सो चलचित्र मन परेको बताए ।

पछिल्लो समय बलिउड चलचित्र ’दंगल’ चीनमा चलिरहेको छ । चलचित्रले चीनबाट ११ सय करोड कमाइ गरिसकेको छ । सो फिल्मको अहिले सम्मको कुल कमाइ १ हजार ८ सय २३ करोड भारतीय रुपैयाँ पुगेको छ ।

dangal chinese images photos poster

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्