केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यी साहसी महिला, तकियाको खोलले समातिन विषालु सर्प

सहयात्रा टिभी

एजेन्सी । सर्प देखेपछि न आत्तिने को होला र ! यहि यही सर्प तपाईको बेड रुपममा घुम्दै घुम्दै आयो भने झन के होला ? ओ बाफ रे ! अकल्पनिय ! यदि यस्तो भयो भने पक्कै पनि तपाईको पसिना छुट्छ ।
अमेरिकामा एक महिलाको घरमा ठीक यस्तै भएको छ । बजारबाट फर्किएर जब ती महिला आफनो बेड रुममा प्रवेश गर्दै थिइन, अचानक उनले ५ देखि ६ फुट लामो खतरनाक सर्प देखिन । घरमा एक्लै भएर पनि उनले बडो होशियारीपूर्वक सर्पलाइ नियन्त्रणमा लिइन । नत्र भने यो सर्प उनको लागि ठूलो खतरा बन्न सक्थ्यो ।
यी महिलाको नाम सनसाइन मेक्यूरी थियो । उनले सर्पलाइ समात्न यस्तो बहादुरी देखाइन कि तपाई पनि भन्नु हुनेछ वाह वाह क्या गजब ! जब उनले आफनो बेड रुममा सर्प देखिन तुरुन्त उनले अर्को कोठबाट तकियाको खोल ल्याइन । बडो होशियारीपूर्वक उनले सर्पको पुच्छर समातिन र एकैपटक तकियाको खोलामा घुसाइ हालिन ।
ती महिलाको भनाइ छ नजिकैको झाडीबाट यो सर्प उनको घर भित्र आएको थियो । यदि तपाइलाइ पनि यस्तै कुनै समस्या आए यस्तै होशियारी अपनाउनु होला । धेरै आत्तियो वा गडवड भयो भने ठूलो संकट पनि निम्तिन सक्छ ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्