=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


सरकार–राजपा वार्ता बिफल, राजपा आन्दोलनको तयारीमा

सहयात्रा टिभी

काठमाडौं । सरकार र राजपाबीचको वार्ता बिफल भएपछि राजनीतिक अनिश्चितता झन बढेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपा नेपाललाई पनि सहमतिमा लिएर चुनावमा जाने सत्तारुढ दलको प्रयास सफल नभएपछि अन्यौल बढेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा राजपा नेपालका नेताहरुले चुनावअघि नै संविधान संशोधन र तराई मधेसमा स्थानीय तहको संख्या थप गरिनुपर्ने अडान राखेका थिए । उनीहरुले मधेस आन्दोलनका क्रममा भएका घाइतेको उपचार, मृतकलाई शहीद घोषणासहित क्षतिपूर्ति दिइनुपर्ने, झुठा मुद्दा फिर्ता लिइनुपर्ने, राजनीतिक बन्दीको रिहाई गरिनुपर्ने लगायतका पूरानै माग पनि राखेका थिए ।
जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि नै मधेस आन्दोलनका क्रममा भएका घाइतेको उपचार, मृतकलाई शहीद घोषणासहित क्षतिपूर्ति दिइनुपर्ने, झुठा मुद्दा फिर्ता लिइनुपर्ने, राजनीतिक बन्दीको रिहाई गरिनुपर्ने लगायतका माग पूरा गर्न आफू तयार रहेपनि संविधान संशोधन र स्थानीय तह संख्याबारेमा निर्णय लिन नसक्ने बताउनु भएको थियो ।
देउवाले चुनाव लगत्तै संविधान संशोधन विधेयक पारित गर्ने आश्वासन दिएपनि उनीहरु सन्तुष्ट हुन सकेनन । यस्तै स्थानीय तह संख्या थप गर्न सर्वोच्चको फैसलाका कारण कठीन भएकोपनि देउवाले बताउनु भएको थियो ।
देउवाको जवाफपछि आक्रामक रुपमा प्रस्तुत भएका राजपा नेपालका नेताहरुले माग पूरा नभई चुनावमा जान नसकिने बताएका थिए । उनीहरु चुनावमा नजाने अब आन्दोलन गर्ने भन्दै सिंहदरबारबाट बाहिरिएका थिए । राजपाले आजै आन्दोलनको कार्यक्रम तय गर्ने जनाएको छ ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्