केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिबियाः ‘गद्दाफीका उत्तराधिकारी रिहा’

सहयात्रा टिभी

बिबिसि । सत्ताच्युत गरिएका लिबियाका दिवंगत शासक कर्णेल गद्दाफीको उत्तराधिकारीका रुपमा हेरिएका व्यक्तिलाई जेलबाट रिहा गरिएको छ। पश्चिमी लिबियाको जिन्तान नगरमाथि नियन्त्रण गरेको एक लडाकु समूहले गद्दाफीका दोस्रो छोरा सेफ अल-इस्लामलाई माफी सहमति अन्तर्गत रिहा गरेको हो।

लिबियामा भएको क्रान्तिका क्रममा सन् २०११ मा कर्णेल गद्दाफी मारिए लगत्तै सेफ अल-इस्लामलाई पक्राउ गरिएको थियो। सन् २०१५ मा त्रिपोलीस्थित एक अदालतले तत्कालीन सत्ताविरुद्धको आन्दोलनलाई दबाउने विफल प्रयासका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै उनलाई मृत्युदण्ड सुनाएको थियो। तर लडाकु समूहले उनलाई बुझाउन अस्वीकार गर्दै आएको थियो।  लडाकु समूहको नियन्त्रणमा उनी ६ वर्षसम्म रहे।

युद्ध अपराध तथा मानवताविरुद्ध अपराधका मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनको खोजी गरिरहेको छ। यसअघि पनि उनी रिहा गरिएका झुटा खबरहरु सार्वजनिक भएका थिए। ४४ वर्षीय सेफ अल-इस्लामले लण्डन स्कूल अफ इकोनोमिक्सबाट विद्यावारिधी गरेको बताउने गरिएपनि त्यो विवादास्पद छ।

दशकौं लामो गद्दाफी शासन अन्त्य भएपछि लुक्दै बसेका सेफ अल-इस्लाम तीन महिनापछि समातिएका थिए।

 

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्