केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालगंजमा ओलीले भने मधेशमा को बढारिन्छ हेर्दै जाउँ

सहयात्रा टिभी

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशमा एमाले बढारिन्छ भन्नेहरु नै असार १४ पछि समाप्त हुने बताउनु भएकोे छ । नेकपा एमाले बाँकेद्धारा आयोजित नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेद्वार घोषणा कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष ओलीले असार १४ पछि तराइ मधेश एमालेमय हुने दावी गर्नुभयो । उहाँले अब निर्वाचन सार्ने कुनै बाहनाबाजी नचल्ने भएकाले प्रतिबद्ध भएर चुनाव प्रचारप्रसारमा लाग्न कार्यकर्तालाइ आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले सामाजिक सद्भाव, समृद्धि र राष्ट्रिय एकताको पक्षमा भएको स्पष्ट पार्नुभयो । उहाँले नेपालगंज उपमहानगरपालिकाको लागि मुस्लिम नेता सम्सुद्दिन सिद्दिकीलाई प्रमुख र महिला नेतृ शान्ति ढकाललाई उपप्रमुखको उम्मेद्धार घोषणा गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, मो. हारुन, मेटमणी चौधरी, जिल्ला अध्यक्ष अशोक कोइराला, उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री लगायत उपस्थित थिए ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्