राजपालाइ चुनावमा आउन उपेन्द्र र बाबुरामको आह्वान
सहयात्रा टिभी
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले राष्ट्रिय जनता पार्टी (राजपा)लाई चुनावमा आउन संयुक्त आह्वान गरेका छन् ।
यादव र भट्टराईले संयुक्त विज्ञप्ति निकालेर चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्न राजपालाई आह्वान गरेका हुन् ।
बिज्ञप्तीमा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको संघीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि निर्वाचनलाई उपयोग गर्न आग्रह गरिएको छ ।
सबै शक्तिलाइ निर्वाचनमा आउने वातावरण निर्माण गर्न पनि बिज्ञप्तीमार्फत आग्रह गरिएको छ ।