केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतार नाकाबन्दी: इरानी विमानबाट खाद्यान्न

सहयात्रा टिभी

बिबिसि । क्षेत्रीय नाकाबन्दीका कारण अभाव बेहोरीरहेको कतारका लागि इरानले पाँचवटा विमान खाद्यान्न पठाएको छ। इरानको मुख्य विरोधी साउदी अरेबिया सहित केही मुलुकहरुले कतारसँग सम्बन्ध तोडेका छन्। कतारले आतंकवादलाई सहयोग पुर्याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ।

कतारमा आउने खाद्यान्नको चालीस प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदी अरेबियाबाट आउँथ्यो।

इरान एअरका प्रवक्ता शारोख नुशाबदीले कतारमा माग भएसम्म सामान पठाउने बताए । यसैबीच कतारमा रहेका साउदी अरेबिया, बहराइन र युएइका नागरिकलाई कतार छोड्न नभनिने कतारले जनाएको छ।

तर कतारको विरोध गरेका ती देशहरुले सबै कतारी नागरिकहरुलाई १४ दिन भित्र आफ्नो देश छोड्न भनेका थिए।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्