केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाद्वारा आन्दोलन घोषणा, असार १० बाट आमहडताल

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तह निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै आमहड्तालसहितका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले असार १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रम यस्ता छन–
– जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने ।
– जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने ।
–जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने ।
–असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने ।
–असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्याउने ।
–असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्