केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार २९ गते म्युजिक खबर म्युजिक अवार्ड, मनोनयन सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । यो बर्षको छैटौं म्युजिक खबर म्युजिक अवार्डको मनोनयन सार्वजनिक भएको छ । गतवर्ष सार्वजनिक भएका गीत, संगीतमध्येबाट ३४ विधाका सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । असार २९ गते राष्ट्रिय नाचघर जमलमा मनोनयन सार्वजनिक गरिने छ ।

अवार्डमा पप गायिकातर्फ आकांक्षा बस्याल, एन्जिला रेग्मी, दीपा पन्त, माण्डवी त्रिपाठी र योजना पुरी मनोनयनमा परेका छन ।
पप गायकमा अमीर देउला, उदेश श्रेष्ठ, डेबिट शंकर, सुरज श्रेष्ठ र श्याम सामसोङ उत्कृष्ट पाँचमा परेका छन् ।

दोहोरी गायनको बिधामा जुनु रिजाल, देवी घर्ती, पूर्णकला बीसी, मुना थापा र शर्मिला गुरुङ रहेका छन् भने दोहोरी गायकतर्फ कृष्ण रेउले, भागीरथ चलाउने, मेक्सम खाती, विरही कार्की र राजन गुरुङ मनोनयनमा परेका छन् ।

सुगम संगीतको गायिकातर्फ भने अञ्जु पन्त, जुना प्रसाईं, टीका प्रसाईं, दुर्गा परियार र मेलिना राई रहेका छन । गायकतर्फ मनोजराज, रामकृष्ण ढकाल, रामभक्त जोजिजु, शिव परियार र त्रिलोक राना मनोनयनमा परेका छन ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्