केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बन्ने भयो रानीपोखरी

सहयात्रा टिभी

काठमाडौं । रानीपोखरी पुर्ननिर्माण गरिने भनिएको पनि १८ महिना वितिसक्यो तर रानीपोखरीको पुर्ननिर्माण अझै हुन सकेको छैन । सो ढिलाई हुन गएको भने रानीपनेखरीको मध्य भागमा रहेका बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा भएको विवादले पनि केही ढिलाई भएको हो। तर, अब भने निर्माण हुने भएको छ । अव काठमाडौं महानगरपालिकाले पुनर्निर्माणका क्रममा रहेको रानीपोखरीलाई अझै परिस्कृत डिजाइनमा परिमार्जित गरि निर्माण गर्ने भएको छ ।

रानीपोखरीको ऐतिहासिक महत्वालाई जोगाउँदै सुन्दर र हरियाली पार्कका रुपमा नयाँ डिजाइनसहित निर्माण हुन लागेको हो । रानीपोखरी पार्क निर्माण भईसकेकपछि काठमाडौंवासीका लागि फुर्सदको समयमा पार्कमा गई समय बिताउनका लागि पार्कको अभाव हट्नेछ । साथै रानीपोखरी वरिपरि बगैंचा र त्यसलाई घेरेर फुटपाथ पनि बनाइनेछ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्