यमनबिरुद्ध खेल्ने नेपाली टोली यस्तो छ

सहयात्रा टिभी

काठमाडौं । एसियन कप छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमा हुने यमन विरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएकोे छ । मुख्य प्रशिक्षक योतुकु कोजीले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन ।

टोलीमा पूर्व कप्तान अनिल गुरुङले फर्किएका छन । गोलरक्षक एलान न्यौपाने, डिफण्डरहरु दीनेश राजवंशी र मान बहादुर तामाङ तथा मिडफिल्डरहरु राजेन्द्र रावल र सुनिल बलले पनि टोलीमा स्थान बनाएका छन् ।

डिफेण्डर विमल बस्नेत तथा गोलरक्षक विशाल श्रेष्ठ र मिडफिल्डर सुमन लामा भने बाहिरिएका छन ।  टोलीमा समान ८–८ डिफेण्डर मिडफिल्डर छन् भने ४ फरवार्ड र ३ गोलकिपर छन् ।

नेपाल र यमनबीचको खेल मंगलवार दिउँसो ३ बजे एपीएफ मैदान हलचोकमा हुँदैछ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्