केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पार्टी भित्रको असहयोगले काठमाडौंमा कांग्रेसको पराजय : नेता सिंह

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रका नेता–कार्यकर्ताको मूल्यांकन अनिर्वाय भइसकेको बताएका छन्।काठमाडौंमा  आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसमा ‘सबैले सबैलाई चिन्नु’ पर्ने समय आएको बताएका हुन्। काठमाडौं महानगरपालिकासहित देशका १० वटा नगरपालिकारमा कांग्रेसका उम्मेदवारले पराजय भोग्नुको कारण खोज्नुपर्ने उनले बताए। नेता सिंहले पार्टीभित्रको अन्तरघातका कारण कांग्रेसका उम्मेदवारहरूले अधिकांस स्थानमा पराजय भोग्नुपरेको बताए ।

‘पार्टीभित्रका साथीहरूलाई चिन्नु पर्यो अब। हाम्रै मूल्यांकन गर्नुपर्छ। सही के हो ? सत्य के हो ? चिन्नुपर्छ। कांग्रेसभित्र सत्ताको राजनीतिका लागि बढी केन्द्रित भएको देखियो,’ नेता सिंहले भने, ‘मूल्य र मान्यताभन्दा पनि सत्ताको राजनीतिमा केन्द्रित हुन थाल्यो। त्यसले संगठनमा ह्रास हुँदै गइरहेको  छ।’

उनले यस्ता बिकृतिलाई पार्टीभित्र कसरी निमिटयन्न पार्ने भनेर चिन्ताको विषय बनेको बताए । ‘प्रतिपक्ष र एमालेसँग लड्ने क्षमता हामीसँग छ’, कांग्रेस नेता सिंहले भने, ‘पार्टीभित्र लड्न सकिँदैन । गाह्रो भइसक्यो ।’

निर्वाचनका बेला रुखमा भोट नहाल्ने कांग्रेसी पनि रहेको बताएका उनले भने, ‘३६५ दिनमा कांग्रेस हुने। तर, भोट नहाल्ने। अरु चिन्हमा भोट हालेको देखियो ।’

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्