केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार ३१ गते काठमाडौंमा कुमार सानुको कन्सर्ट

सहयात्रा टिभी

काठमाडौं । भारतका चर्चित गायक असार ३१ गते काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । आयोजक मुन्टेज इन्टरनेसनल तथा संसारा यूकेले ‘कुमार सानु लाइभ इन कन्सर्ट’ गर्न लागेकोहो । कन्सर्टमा गायक आफ्नो ब्यान्डका साथ उपस्थित हुनेछन् ।

कुमार सानु भारतमा मात्र होइन धेरै नेपाली चलचित्रमा स्वर प्रदान गरेर पनि हिट भएका छन । उनका ‘म त अब रिसाउँछु…’, ‘यो कथा हो तृष्णा मेरो…’, ‘यो दुई थोपा आँसु…’, ‘भरे आउँछु सपनीमा…’ जस्ता गीत चर्चित छन् । आफनो २७ वर्षे गायन करिअरमा उनले सबैजसो गरी १७ हजारभन्दा बढी गीत गाइसकेका छन । 

होटल याक एन्ड यतीमा हुने कन्सर्टमा नेपाली गायक–गायिकाहरूले पनि प्रस्तुति दिनेछन् । रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरे लगायत कन्र्सटमा सहभागी हुनेछन ।

अभिनेत्री श्वेता खडकाको संस्था श्वेताश्री फाउन्डेसनको सहयोगार्थ कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्