केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुख्यात शोभराजको मुटुको अप्रेशन सफल

सहयात्रा टिभी

काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी सफल भएको छ । शहीद गंगालाल हृदय रोग केन्द्रमा भएको शल्यक्रिया सफल भएको हो । शोभराजको अवस्था सुधारोन्मुख भएको अस्पतालले जनाएको छ ।

डा.रामेश कोइरालाको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उनको अप्रेशन गरेको थियो । उनको मुटुमा भल्भ फिट गरिएको छ । अप्रेशन अघि शोभराज निकै डराएका थिए । उनले अब आफू नबाँच्ने बताएका थिए । फ्रान्समा अपरेशन गर्न इच्छा देखाएका शोभराज अन्तिममा फ्रान्सेली दुतावास र चिकित्सकको सुझावमा नेपालमै अप्रेशन गर्न तयार भएका थिए ।

शोभराजले सन् २००८ मा निहिता विश्वाससँग बिहे गरेका थिए । शोभराजको शल्यक्रियामा निहिताले नै रगत दान गरेकी थिइन् ।

पछिल्लो १२ बर्षदेखि सोभराज काठमाडौंको जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्