केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आठ बर्षे कार्यकालमा बाराक ओबामाको एउटै कोट र जुत्ता

सहयात्रा टिभी

बिबिसि । अमेरिकामा पूर्व राष्ट्रपति बाराक ओबामाका सम्बन्धमा उनकी पत्नी मिचेल ओबामाले एक बिचित्रको रहस्य खोलेकी छिन । आकर्षण व्यक्तित्वका धनी बाराकका विषयमा उनले खोलेको रहस्यले एक प्रकारको सनसनी नै मच्चाएको छ ।

अमेरिकामा जोन एफ केनेडीपछि सबैभन्दा राम्रो पहिरन लगाउने राष्ट्रपतिको रुपमा ओबामालाइ लिइन्छ । तर उनकी श्रीमती मिशेल ओबामाले उनीबारे निकै रोचक कुरा सार्वजनिक गरेकी छिन् । उनका अनुसार ओबामालाई उनको कालो कोट यति मनपर्दथ्यो कि उनले आठ वर्षसम्म एउटा मात्र टक्सेडो ज्याकेट लगाए । 

मिचेलले आफ्नो पहिरनबारे विभिन्न टिका–टिप्पणी हुने गरेपनि श्रीमानले ह्वाइट हाउसको आठ वर्षको कार्यकालमा एउटै सुट लगाउँदा पनि कसैले याद नगरेको खुलासा गरिन । मिचेलले एप्पलको वल्ड वाइड डेभलपर्स कन्फरेन्समा यो रहस्य खोलेकी हुन ।

उनले भनिन ‘अहिले मानिसहरुले मैले लगाएको जुत्ताको फोटो खिच्छन, मेरो ब्रासलेट, मेरो नेकलेस याद गर्छन् तर तिनै व्यक्तिहरुले उनले आठ वर्षसम्म एउटै कोट र जुत्ता लगाउँदा पनि केही प्रतिक्रिया दिएनन् ।’ 

संसारको सबैभन्दा शक्तिशाली व्यक्तिले आठ–आठ बर्षसम्म एउटै जुत्ता र कोट लगाउँदा पनि कसैले थाहा नपाउनु कस्तो अचम्म !

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्