केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अख्तियारद्वारा घुस खानेहरुको नालीबेली सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा धेरै काठमाडौंका कर्मचारी घुस्याह रहेको जनाएको छ । काठमाडौंपछि बाँके जिल्लाका कर्मचारीले बढी घुस खाने गरेको अख्तियारको दावी छ । अख्तियारको टोलीद्वारा पक्राउ परेकाहरुको तथ्याङ्ककका आधारमा यो विवरण सार्वजनिक गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहा पक्राउ गरेको अख्तियारले जनाएको छ । बाँकेबाट पाँचजना कर्मचारी घुससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार धेरै कर्मचारीहरुलाई नापी कार्यालयबाट घुससहित रंगेहात पक्राउ पर्ने गरेका छन । नापीपछि दोस्रोमा मालपोत कार्यालय र तेस्रोमा स्थानीय तह तथा यातायात कार्यालयमा बढी घुसको खेल हुने गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरु हुने जेठ महिनामा बढी घुस्याहरु पक्राउ परेको जनाएको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्