केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाका नेता आन्दोलनका लागि अब मधेश झर्दै

सहयात्रा टिभी

काठमाडौं । सरकारसंगको वार्ता बिफल भएपछि आमहडतालसहित आन्दोलन घोषणा गरेको राजपा, नेपालका नेताहरु अब तराई झर्न थालेका छन । सोमबार काठमाडौं बिजुलीबजारमा बसेको राजपासहित संघीय गठवन्धनको बैठकले पार्टीका नेताहरुलाइ मधेश पठाउने निर्णय गरेको हो ।

शीर्ष नेताहरू आफू अनुकूल मधेसका जिल्लामा जाने बैठकमा सहभागी नेताहरुले बताएका छन । आन्दोलनलाई उर्जा दिन शीर्ष नेताहरू मधेस जाने निर्णय भएको नेता अनिल झाले जानकारी दिए ।

राजपाले मंगलबारदेखि लिम्बुवान, मधेस र थरुहट जिल्लामा बन्दको आह्वान गरेको छ । यस्तै, असाढ १० गतेबाट अनिश्चितकालिन आमहडताल घोषणा गरिएको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्