केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एयरबस किन्न लगानी कोष र निगमवीच ऋण सम्झौता

सहयात्रा टिभी

काठमाडौं । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमवीच वाईडबढी एयरबस (A330-200) जहाज खरिद गर्ने योजना अनुसार कोषले एउटा वाइड बढी एयरवस खरिद गर्न क्रण दिने सम्झौता गरेको छ । सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारको जमानतमा कोषले जहाज खरिदको लागि १२ अर्ब रुपैया क्रण दिन लागेको हो । कोषले प्रदान गर्ने ऋण रकमको ब्याजदर ९ प्रतिसत रहेको छ ।

त्यसैगरी जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ ।

उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ वर्षको राखिएको छ ।

उडान क्षेत्रको ब्यवसायिक योजनामा कोषले निगमलाई क्रण दिने कार्य पहिलो पटक गरेको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्वि, रोजगारी सृजना, पर्यटन क्षेत्रमा थप बिकास हुने आशा कोषले गरेको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्