मन्त्री थप्ने प्रधानमन्त्री देउवाको तयारी

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको तयारी गर्नुभएको छ । आठ सदस्यीय मन्त्री मण्डललाइ बिस्तार गर्ने तयारीस्वरुप उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग परामर्श गर्नुभएको छ ।

दाहाल निवास लाजिम्पाट भएको भेटमा उहाँहरुबीच सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्