केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाटो काट्दा लाग्ने रू २०० जरिवाना अब हट्यो

सहयात्रा टिभी

काठमाडौं । सरकारले जथाभावी बाटो काटने पैदलयात्रुलाई २०० रुपैयाँ गर्ने निर्णय एक महिना नपुग्दै फिर्ता लिएको छ ।
गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्ने पैदलयात्रीलाइ गर्दै आएको जरिवानाको व्यवस्था हटेको हो ।

गृहमन्त्री शर्माले प्रहरीमहानिरीक्षक प्रकाश अर्याल र ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामासंग परामर्श गरी उक्त व्यवस्था हटाउन निर्देशन दिएका हुन् । गृहमन्त्री शर्माले रु २०० जरिवाना उठाउनेभन्दा पनि ट्राफिक शिक्षा दिने काममा जोड दिन आग्रह गरेका थिए ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्