भरतपुरको पुनः मतदान सम्बन्धी मुद्दाको सुनुवाइमा ढिलाइ

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि मंगलवार पनि सुनुवाई हुन सकेन । समय अभावको कारण देखाउँदै आज पनि सुनुवाई हुन नसकेको हो ।
गत आइतबार मुद्दाको सुनुवाई समय अभावका कारण मंगलवारका लागि सारिएको थियो । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।