केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र यमनबीच गोलरहित बराबरी

सहयात्रा टिभी

काठमाडौं । एसियन कप २०१९ छनोट अन्तर्गत नेपाल र यमनबीच गोलरहित बराबरी भएको छ । हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा दुवै टोलीले गोलका थुपै्र अवशर पाएपनि गोल गर्न सकेनन ।

यमनले गरेका केही खतरनाक प्रहार नेपालका गोलकिपर किरण चेमजोङले बचाएका थिए । निकै रक्षात्मक देखिएको नेपालले पनि केही राम्रा मुभ बनाउँदै आक्रमण गरेपनि गोल हुन सकेन । खेलको अन्त्यतीर नेपालका नवयुग श्रेष्ठलाइ निकालेर अनिल गुरुङलाइ मैदानमा प्रवेश गराएपनि केही सीप लागेन । यमनले पनि गोल गर्न लगातार खेलाडी परिवर्तन गरेको थियो ।

फिफा वरीयतामा नेपालभन्दा ४५ स्थानमाथि रहेको यमनले स्वदेशमा सन् २०१३ यता कुनै खेल खेलेको छैन । उसको घरेलु लिग पनि २०१४ देखि युद्धकै कारण रोकिएको छ । नेपालको लिग नभएको पनि तीन बर्ष हुन लागेको छ । त्यसैले लिग नहँुदाको असर दुवै टिमका परेको प्रष्टै देखिन्थ्यो ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्