केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान, असार १ गते श्रम सम्मेलनको बैठकलाइ सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौं ।  राष्ट्रपति बिद्या भण्डारी १०६औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विटरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । मंगलवार साँझ राष्ट्रपति भण्डारी परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, स्वकिय सचिव डा. बिमला पौड्याल राईका साथै परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरुसहित प्रस्थान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीलाइ त्रिभुवन बिमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, सरकारमा मन्त्री लगायतले बिदाइ गर्नुभयो । 

बिमानस्थलमा राष्ट्रपति भण्डारीलाइ नेपाल सेनाले सम्मान गारथ अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले असार १ गते विश्व शिखर बैठकलाइ सम्बोधन गर्नुहुने छ । उहाँ असार ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्