केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव सार्ने षडयन्त्र हुँदैछ: एमाले

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन पनि सार्ने षडयन्त्र भइरहेको आरोप लगाएको छ । पार्टी कार्यालयमा मंगलवार बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वयन समितिको बैठकले अराजनीतिक र आपराधिक गतिविधि बढाएर चुनाव सार्ने षडयन्त्र हुन थालेको निष्कर्ष निकालेको हो ।

एमालेले सबैलाई सजग रही तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन दवावका लागि पनि आग्रह गरेको छ । बैठकपछि संचारकर्मीलाइ प्रतिक्रिया दिंदै पार्टी सचिव योगेश भट्टराईले कुनैपनि बहानामा निर्वाचन सार्न नदिने बताउनुभयो ।

राजपाको नामबाट भएका अराजनीतिक गतिविधिको भत्र्सना गर्दै शान्ति सुरक्षा कायम राख्न सरकारसँग माग गरेको भट्टराईले बताउनुभयो । बिभिन्न दल लगायत सार्वजनिक र सरकारी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने, कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाइ कारवाही गर्न पनि बैठकले माग गरेको छ ।

एमालेले सबै खाले अराजनीतिक गतिविधी र निर्वाचनलाई प्रतिकुल असर पर्ने कार्यक्रम वन्द गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजपालाई आव्ह्वान पनि गरेको छ ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्