केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपा र निर्वाचनबारे रणनीति बनाउन तीन दल गृहकार्यमा

सहयात्रा टिभी

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मधेसमा आन्दोलन थालिएपछि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफनै पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुसंग परामर्श गर्नुभएको हो । निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले थालेको आम हडतालसहितको आन्दोलनले तराईको जनजीवन प्रभावित भएपछि प्रधानमन्त्री देउवा परामर्शमा जुटनु भएको हो ।

नयाँ रणनीति बनाएर राजपा र निर्वाचनको विषय टुंग्याउन कठिन भएपनि दलहरुको प्रयास भने जारी छ ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्