केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२४ घण्टा भित्र सुरक्षा रणनीति दिन निर्वाचन आयोगको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि २४ घण्टा भित्र नयाँ सुरक्षा रणनीति बुझाउन सरकारसंग माग गरेको छ । आयोगले सबै सुरक्षा निकायसंगको बैठकमा राजपाको आन्दोलनलाइ दृष्टिगत गर्दै नयाँ सुरक्षा रणनीति बुझाउन माग गरेको हो ।
आयोगले राजपा निर्वाचनामा नजाँदाको अवस्थामा उसका राजनीतिक गतिविधिको नियन्त्रण गरी निर्वाचन सम्पन्न गर्न सरकारको सुरक्षा रणनीति के हुने भन्ने विषयमा चासो राखेको थियो ।

गृह मन्त्रालयले बिहीबार भित्र सबै रणनीतिबारे आयोगलाइ स्पष्ट गर्ने जवाफ दिएको छ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनको लागि मनोनयन पत्र दर्ता गर्नेदेखि सम्पूर्ण निर्वाचन कार्यक्रमहरू सञ्चालन गर्दासम्म भरपर्दो सुरक्षा व्यवस्था आवश्यक पर्ने बताउनु भएको थियो ।

आयुक्तहरुले पनि गृह तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमुखहरुलाई बदलिदो राजनीतिक परिस्थितिलाई समेत ध्यान दिई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गर्नुभएको थियो ।

बैठकमा आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव, निर्वाचन आयुक्तहरू, आयोगका सचिव, गृह सचिव, रक्षा सचिव तथा नेपाली सेनाका बलाधीकृत रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित अन्य उच्च अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्