केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिशखापटनमबाट आएको रेल नेपालमा

सहयात्रा टिभी

बीरगंज । विशाखापट्टनम–वीरगन्ज ड्राइपोर्ट पारवहन सेवा सुरु भएको छ । भारतसँग सम्झौता भएको ७ वर्षपछि विशाखापट्टनबाट मालसामान लिएर नेपालको सिर्सियास्थित सुख्खा बन्दरगाहमा रेल आइपुगेको हो ।

विशाखापट्टनमबाट सोमबार पहिलो पटक बिटुमिन (अलकत्रा) र अष्टे«लियन चना लिएर मालवाहक रेल सुख्खा बन्दरगाहमा आइपुगेको हो । विशाखापट्टनमबाट पारवहन सेवा सुरु भएपछि व्यवसायीहरू उत्साहित भएका छन् ।

उक्त बन्दरगाह प्रयोग गर्न पहिलेदेखि नै नेपाली व्यवसायीले माग गरिरहेका थिए । विशाखापट्टनमबाट सामान ढुवानी सुरु भएपछि आयातकर्ताहरूले व्यापारमा सहज हुने विश्वास लिएका छन् ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्