राजपाको बन्दले तराई कष्टकर, सप्तरीमा प्रहरीसंग झडप
सहयात्रा टिभी
सप्तरी । सरकार र निर्वाचनबिरुद्ध आम हडतालसहित आन्दोलनमा उत्रिएको राजपाको आन्दोलन झनझन उग्र हुन थालेको छ । राजपाका कार्यकर्ता कुटपिट, तोडफोड र आगजनीमा उत्रिएका छन ।
राजपाका कार्यकर्ताले निर्वाचन आयोगका मतदान अधिकृतहरुलाइ नियन्त्रणमा लिएपछि कदमाहामा प्रहरीसंग झडप पनि भएको छ । झडपका क्रममा राजपाका केही कार्यकर्ता घाइते भएका छन । राजपाका कार्यकर्ताले प्रहरी सवार भ्यानमा ढुंगामुढा गरेपछि झडप भएको हो ।
यस्तै, राजपका कार्यकर्ताले रौतहटमा एउटा यात्रुबस तोडफोड गरेका छन । अन्य जिल्लामा पनि टायर बालेर प्रदर्शन गर्नेक्रम जारी छ ।