केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति अबुधावीबाट जेनेभा प्रस्थान

सहयात्रा टिभी

एजेन्सी । स्वट्जरल्यान्डको जेनेभाका लागि प्रस्थान गर्नूभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार अवुधावी पुग्नु भएको छ । उहाँलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका शिष्टाचार अधिकारीहरुले स्वागत गरेका थिए ।

यसैगरी, नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन तथा नेपाली दूतावासका अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी अबुधावीबाट जेनेभातर्फ प्रस्थान गरिसक्नु भएको छ । जेनेभामा आयोजित ‘१०६औँ अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलन’ मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँले बुधवार सम्मेलनलाइ सम्बोधन गर्नुहुनेछ ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्