केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार १४ मा चुनाव नभए देउवा फेरि असक्षम: एमाले

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका स्थाई कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन गर्न नसके पुनः असक्षमताको पगरी गुथ्न पर्ने निष्कर्ष निकालेको छ । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिंदै सचिव योगेश भट्टराईले प्रधानमन्त्री देउवा र र उनको दल नेपाली कांग्रेसले चुनाव गर्न नचाहेको आरोप लगाउनुभयो ।

भट्टराईले भने–‘यदी प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ मा ४ प्रदेशमा स्थानीय तहको निर्वाचन गर्न सकेनन् भने उनीमाथि असक्षमताको थप अर्को तक्मा थपिनेछ ।’

स्थायी समितिको बैठकले तोकिएको मितिमा असार १४ गते प्रदेश नंबर १, २, ५ र ७ मा चुनाव गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेता भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्