केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमिताभले थर्काएपछि सोनमले माफी मागिन

सहयात्रा टिभी

एजेन्सी । भारतमा अमिताभ बच्चनलाइ भगवान सरह मानिन्छ । उनका हरेक गतिविधिमा आमचासो हुन्छ र तीनको चर्चा पनि त्यत्तिकै हुन्छ । तर, अमिताभ बच्चन आफैले अति महत्व दिएर नायिक सोनमका लागि विशेष काम गर्दापनि सोनमले चासो नदिएपछि उनी आगो भएका छन ।

प्रसंग हो सोनमले हालै मनाएको आफ्नो ३२ औं जन्मदिन । जन्म दिनको दिन अमिताभ बच्चनले दिएको शुभकामना नदेख्दा उनी अमिताभको फन्दामा परेकी हुन ।

जन्मदिन मनाउन उनी आफ्ना व्वाइफ्रेन्ड आनन्द आहुजालाई लिएर दिल्ली पुगेकी थिइन् ।
जन्मदिनका अवसरमा सोनमलाई बलिउड सेलिब्रिटी तथा फ्यानहरुले सामाजिक सञ्जालमा शुभकामना दिए । उनले सबैलाई एकमुष्ट रिप्लाई पनि गरिन् । तर बलिउड महानायक अमिताभ बच्चन भने आफूले शुभकामनाको रिप्लाई नआएपछि शान्त बस्न सकेनन ।

अमिताभले सोनमलाई एसएमएस गरेर शुभकामना दिएका थिए । सोनमबाट कुनै जवाफ नआएपछि उनले ट्वीटरमार्फत घुक्र्याइएको शैलीमा असन्तुष्टि पोखेका हुन । 

सोनमलाई सम्वोधन गर्दै अमिताभले ट्विटरमा लेखेका छन, ‘मेरो बधाईको रिप्लाई खोई ? म अमिताभ बच्चन हुँ माइ डियर । तिम्रो जन्मदिनमा मैले बधाईको एसएमएस पठाएको थिएँ । तिमीले त्यसको जवाफै दिइनौ ।’ यसका साथमा अमिताभले रिसाएको इमोजी पनि बनाए ।

अमिताभको यस्तो सन्देश पढेपछि सोनमले अत्तालिदै माफी मागिन । उनले ट्विट गरेकी छिन, ‘हे भगवान सर । मैले देखिनँ । म सँधै रिप्लाई गर्छु । धन्यवाद सर । म तपाईंसँग माफी माग्छु ।’

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्