विराटनगर महानगरपालिकामा कांग्रेसको उम्मेदवार भीम पराजुली

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसबाट भीम पराजुली उम्मेदवार हुने भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विराटनगर नगर समितिका सभापति पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
विराटनगर महानगरमा पराजुलीसहित सांसद अमृत अर्याल र नेतृ डिला संग्रौला दाबेदार थिए । एमालेल भने विनोद ढकाललाई महानगरको मेयर उम्मेदवार चयन गरेको छ ।